दफा ३०
मतपत्र
(१) निर्वाचनकोलागि आयोगले तोके बमोजिमको मतपत्र हुनेछ ।
(२) उपदफा (१) बमोजिमको मतपत्रमा प्रत्येक उम्मेदवारका लागि तोकिएको निर्वाचन चिन्ह र त्यस्तो चिन्हमा मतदान गर्ने कोठा हुनेछ ।
(३) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।