नियम ३८
मतपेटिका जाँच गर्ने
(१) मतगणना प्रारम्भ भएको मुचुल्का गरी सकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको देहाय बमोजिम जाँच गर्नु पर्नेछ ः-
(क) मतपत्र रहेको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन,
(ख) मतपेटिकामा मतदान केन्द्रको नाम, सङ्केत सङ्ख्या र मतपेटिकाको सङ्ख्या उल्लेख गरिएको छ, छैन,
(ग) मतपेटिका बन्द गरेको ठाउँमा लगाएको सुरक्षण सिल दुरुस्त छ, छैन ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गराई राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मतपेटिका जाँच गर्दा कुनै कैफियत देखिएमा सोही व्यहोरा खुलाई मुचुल्का गराई उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको सहीछाप गराई राख्नु पर्नेछ । यसरी मुचुल्का तयार भएपछि त्यस्ता मतपेटिका सुरक्षित स्थानमा राख्नु पर्नेछ ।