नियम २७
मतपेटिका जाँच गर्ने
(१) मतगणना प्रारम्भ भएकोे मुचुल्का गरिसकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको देहाय बमोजिम जाँच गर्नु पर्नेछ ः-
(क) प्रत्येक मतदान केन्द्रको मतपेटिका खोलिएको वा फोरिएको छ छैन,
(ख) मतपेटिकामा मतदान केन्द्रको नाम, सिलनम्बर र मतपेटिकाको सङ्ख्या उल्लेख गरिएको छ छैन,
(ग) मतपेटिका बन्द गरेको ठाउँमा लगाएको सुरक्षण सिल दुरुस्त छ छैन ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम मतपेटिकाको जाँच गरेको मुचुल्का गराई राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मतपेटिकाको जाँच गर्दा कुनै कैफियत देखिएमा सोही व्यहोरा खुलाई मुचुल्का गराई उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको सहिछाप गराई राख्नु पर्नेछ । त्यसरी मुचुल्का तयार भएपछि त्यस्ता मतपेटिका सुरक्षित स्थानमा राख्नु पर्नेछ ।