नियम २६
मतपेटिका
(१) आयोगले प्रत्येक मतदान केन्द्रमा आवश्यक सङ्ख्यामा मतपेटिकाको व्यवस्था गर्नेछ ।
(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन र समानुपातिक निर्वाचन प्रणाली बमोजि हुने निर्वाचनका लागि छुट्टाछुट्टै मतपेटिका प्रयोग गर्नु पर्नेछ ।
(३) मतदान अधिकृतले मतपेटिका बुझी लिँदा त्यस्तो मतपेटिका दुरुस्त छ, छैन हेरी बुझी लिनु पर्नेछ ।
(४) मतदान अधिकृतले मतदान कार्य शुरु हुनु अघि उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपेटिका खोलेर देखाई सो मतपेटिका दुरुस्त तथा रित्तो भए, नभएको जाँच गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मतपेटिका जाँच गरी सकेपछि मतदान अधिकृतले रित्तो मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बाँकी राखी मतपेटिकाको बिर्को बन्द गरी सुरक्षण सिल लगाई
आफले सहीछाप गरी मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम मतपेटिकाको बिर्को बन्द गरेपछि मतदान कार्य शुरु गर्दा मतदान अधिकृतले आफुले सहिछाप गरी मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गरी गराई मुचुल्का तयार गर्नु पर्नेछ र कुनै उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान
केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।