दफा १८
मध्यस्थले अपनाउने सारवान कानून
(१) सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक मध्यस्थले अपनाउने सारवान कानून नेपाल कानून हुनेछ ।
(२) पक्षहरुले स्पष्ट रुपमा अख्तियारी दिएको अवस्थामा मात्र मध्यस्थले विवादलाई न्याय र सद्विवेक (एक्स एक्वा एट वोनो) वा प्राकृतिक समन्याय (एमिएवल कम्पोजिटर) को सिद्धान्त बमोजिम विवादको निरोपण गर्न सक्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मध्यस्थले सम्बन्धित करारका शर्तहरु बमोजिम विवादको निरोपण गर्नेछ र त्यसरी विवाद निरोपण गर्दा सम्बन्धित कारोबारमा लागू हुने व्यापारिक प्रचलनहरु (युसेज) उपर समेत ध्यान दिनु पर्नेछ ।