नियम ९
मनसायपत्र आव्हान गर्ने
(१) कार्यालयले बोर्डबाट नियम ८ को उपनियम (२)
बमोजिम प्रतिस्पर्धाका लागि स्वीकृत भएको परियोजनाका सम्बन्धमा देहायका विवरण
खुलाई त्यस्तो परियोजना कार्यान्वयन गर्न कम्तीमा एक्काईस दिनको म्याद दिई इच्छुक
लगानीकर्ताहरूबाट मनसायपत्र पेश हुन सार्वजनिक रुपमा सूचना प्रकाशन गरी आव्हान
गर्नेछः–
(क) परियोजनाको संक्षिप्त विवरण,
(ख) परियोजनाको सम्भाव्यता अध्ययन, सर्वेक्षण वा विस्तृत डिजायन
भएको भए सोको संक्षिप्त विवरण,
(ग) परियोजनाको सम्भाव्यता अध्ययन नभएको भए आर्थिक,
प्राविधिक वा वातावरणीय रुपमा परियोजना सम्भाव्य हुन सक्ने आधारहरू,
(घ) परियोजना कार्यान्वयन गर्दा दिईने सुविधा र सहुलियतको विवरण,
(ङ) परियोजना कार्यान्वयनको तरिका,
(च) मनसायपत्र छनौट हुने आधार,
(छ) मनसायपत्र खोलिने मिति र स्थान,
(ज) मनसायपत्र उपर निर्णय हुने अनुमानित मिति,
(झ) सम्बन्धित परियोजनाको प्रकृति अनुसार अन्य आवश्यक विवरण ।
(२) उपनियम (१) बमोजिमको सूचना बोर्डको वेवसाईटमा पनि राखिनेछ र
त्यसलाई आवश्यकता अनुसार राष्ट्रियस्तरको पत्र पत्रिकामा समेत प्रकाशन गरिनेछ ।
(३) उपनियम (१) बमोजिम आव्हान भएकोमा इच्छुक लगानीकर्ताले देहायको
विवरण खुलाई निर्धारित अवधिभित्र मनसायपत्र कार्यालय समक्ष पेश गर्नु पर्नेछः–
(क) मनसायपत्र पेश गर्ने व्यक्तिको विवरण,
(ख) मनसायपत्र पेश गर्ने व्यक्तिको परियोजना कार्यान्वयन गर्न सक्ने
वित्तीय तथा प्राविधिक क्षमता,
(ग) मनसायपत्र पेश गर्ने व्यक्तिले परियोजना कार्यान्वयन गर्दा गर्ने
लगानीको वित्तीय श्रोत,
(घ) परियोजना कार्यान्वयनको व्यावसायिक योजना,
(ड) उपनियम (१) को खण्ड (झ) मा उल्लिखित अन्य आवश्यक
विवरण ।
(४) उपनियम (३) बमोजिम मनसाय पेश गर्ने म्याद समाप्त भएको पन्ध्र
दिनभित्र कार्यालयले पेश भएका मनसायपत्रहरूको मूल्याङ्कन तथा विश्लेषण गर्नेछ ।
(५) उपनियम (४) बमोजिम मूल्याङ्कन तथा विश्लेषण गरी उपयुक्त देखिएका
मनसायपत्रहरू छनौट गरी इच्छुक लगानीकर्ताको संक्षिप्त सूची (शर्ट लिस्ट) तयार
गर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्रस्ताव मूल्याङ्कन तथा विश्लेषण गर्दा आवश्यक
देखेमा कार्यालयले नियम ३६ को उपनियम (१) बमोजिम गठीत विशेषज्ञहरूको सहयोग
लिन सक्नेछ ।
(७) उपनियम (४) वा (५) बमोजिम परियोजनाको प्रस्ताव विश्लेषण गर्दा
बोर्डबाट स्वीकृत मापदण्ड बमोजिम गर्नु पर्नेछ ।
(८) उपनियम (४) बमोजिम संक्षिप्त सूची तयार भएपछि मनसायपत्र पेश गर्ने
लगानीकर्तालाई उपनियम (५) बमोजिमको सूचीमा समावेश भए वा नभएको जानकारी
त्यस्तो सूची तयार भएको मितिले तीनदिन भित्र दिईनेछ ।