नियम १०
मनसायपत्र पेश गर्ने व्यक्तिको छनौट
(१) मन्त्रालयले मनसायपत्र पेश गर्ने व्यक्ति
छनौट गर्दा त्यस्तो व्यक्तिको प्राविधिक तथा आर्थिक क्षमता र अनुभवको आधारमा गर्नेछ ।
सो प्रयोजनको लागि कूल एकसय अड्ढलाई पूर्णाड्ढ मानी सो अड्ढलाई देहायको आधारमा
विभाजन गरिनेछ ः–
(क) प्राविधिक क्षमता वापत – चालीस अड्ढ
(ख) आर्थिक क्षमता वापत – चालीस अड्ढ
(ग) अनुभव वापत – बीस अड्ढ
(२) उपनियम (१) बमोजिमको प्राविधिक तथा आर्थिक क्षमता र अनुभवको मूल्याङ्कन
देहाय बमोजिम गरिनेछ ः–
(क) मनसायपत्र पेश गर्ने व्यक्तिको प्राविधिक क्षमताको मूल्याङ्कन
गर्दा सो परियोजनाको कार्यान्वयनको लागि कुनै यन्त्र, उपकरण
वा जनशक्ति चाहिने भए सो व्यक्तिस“ग त्यस्तो यन्त्र, उपकरण
वा जनशक्ति भए वा नभएको आधारमा,
(ख) मनसायपत्र पेश गर्ने व्यक्तिको आर्थिक क्षमताको मूल्याङ्कन गर्दा
सो व्यक्तिस“ग परियोजनाको सर्वेक्षण, सञ्चालन तथा मर्मत
सम्भारको लागि आवश्यक आर्थिक क्षमता र मनसायपत्र पेश
गर्ने कम्पनी भए कम्पनीको सम्पत्तिबाट परियोजनाको लागि
व्यहोर्ने रकम वा ऋण लिने भए के कति रकम कुन प्रकृयाबाट
ऋण लिन प्रस्ताव गरिएको छ त्यसको आधारमा,
(ग) मनसायपत्र पेश गर्ने व्यक्तिको अनुभवको मूल्याङ्कन गर्दा सो
व्यक्तिले पूर्वाधार संरचनाको निर्माण, निजी लगानीमा
पूर्वाधारको निर्माण तथा सञ्चालन वा परियोजना कार्यान्वयनको
लागि मनसायपत्र आव्हान गरिएको प्रकृतिको अन्य परियोजना
कार्यान्वयन गरे वा नगरेको अनुभवको आधारमा ।
(३) उपनियम (२) बमोजिम गरिएको मूल्याङ्कनबाट कम्तीमा साठी अङ्क प्राप्त गर्ने
मनसायपत्र पेश गर्ने व्यक्तिहरु छनौट गरिनेछ । त्यसरी मूल्याङ्कन गर्दा साठी अङ्क प्राप्त गर्ने
कम्तीमा दुई जना व्यक्ति छनौट हुन नसकेमा कम्तीमा पचास अङ्क प्राप्त गर्ने अन्य
व्यक्तिहरु पनि छनौट गरिनेछ ।