दफा ३३
मनोनयन गर्दा प्रथामिकता दिनु पर्ने
विदेशमा अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारीको मनोनयन गर्दा सामान्यतयाः पहिले वैदेशिक अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमण गर्ने मौका नपाएको कर्मचारीलाई दफा ३२ को अधीनमा रही देहाय बमोजिम प्राथमिकताको आधारमा मनोनयन गरिनेछ । तर एउटै स्तर र प्रकृतिको कार्यक्रममा दोहो¥याएर मनोनयन गरिनेछैनः–
(क) अध्ययनमा सहायक पाँचौ तह, अधिकृत छैठौं, सातौं र आठौं तहका कर्मचारी र निजामती सेवाका सो सरहका कर्मचारीलाई,
(ख) तालिममा अधिकृत नवौं तह र सो भन्दा मुनिका तहका कर्मचारी र निजामती सेवाका सो सरहका कर्मचारीलाई,
(ग) अध्ययन भ्रमणमा साधारणतया पूर्व निर्धारित कार्यक्रम अनुसार कार्यालय प्रमुख, अधिकृत दशौं तह र सो भन्दा माथिल्लो तहका कर्मचारी र निजामती सेवाका सो सरहका कर्मचारीलाई।