नियम ५
मनोनयन दर्ता गराउन सक्ने
- निर्वाचनमा उम्मेदवार हुन चाहने संविधान र ऐन बमोजिम योग्यता पुगेको व्यक्तिले आफैँ वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक मार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा
अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दर्ता गर्न वा गराउन सक्नेछ । (२) कुनै दलको तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्दा सो दलबाट प्रदान गरिएको अनुसूची–२ बमोजिमको औपचारिक पत्र समेत दाखिला गर्नु पर्नेछ । त्यस्तो औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको सो दलको पदाधिकारीले त्यस्तो औपचारिक पत्रको एक प्रति निर्वाचन अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहिछाप गरेको हुनु पर्नेछ । त्यस्तो प्रस्तावक र समर्थकको नाम ऐनको दफा १७ को उपदफा (२) बमोजिमको मतदाता नामावलीमा दर्ता भएकोे व्यहोरा खुल्ने प्रमाण समेत मनोनयनपत्र साथ संलग्न गर्नु पर्नेछ ।
(४) कुनै व्यक्तिले एउटै पदको निर्वाचनको लागि भिन्नाभिन्नै प्रस्तावक र समर्थक रहेका बढीमा दुई वटा मनोनयनपत्र दर्ता गर्न सक्नेछ ।
(५) उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्न अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यको हकमा ऐनको दफा ६२ बमोजिम र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला र दलित वा अल्पसङ्ख्यक सदस्य र जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्यको हकमा नियम ३२ बमोजिमको रकम आयोगले तोकेको धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा नगदी रसिद समेत पेश गर्नु पर्नेछ ।
(६) उपनियम (१) बमोजिम पेश भएको मनोनयनपत्र जाँच गर्दा रीतपूर्वकको देखिएमा निर्वाचन अधिकृतले त्यस्तो मनोनयनपत्र दर्ता गरी मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई अनुसूची–३ बमोजिमको निस्सा दिनु पर्नेछ ।
(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा रीत नपुगेको जति सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गरिदिनु पर्नेछ । त्यसरी रीत नपुगेको कुरा सच्याउनु पर्ने व्यहोरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा सोही व्यहोरा मनोनयनपत्रमा जनाई मनोनयनपत्र दर्ता गरिदिनु पर्नेछ ।