नियम १५
मनोनयनपत्र दर्ता गराउन सक्ने
(१) निर्वाचनमा उम्मेदवार हुन चाहने संविधान तथा अध्यादेश बमोजिम योग्यता पुगेको व्यक्ति आफुले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक मार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा नियम १० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एकजनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै व्यक्तिको मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा अध्यादेशको दफा ३ बमोजिमको एउटै समूहको लागि फरक–फरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र दर्ता गर्न वा गराउन सकिनेछ ।