दफा १८
मनोनयनपत्र प्रमाणित गर्ने अधिकारी सम्बन्धी व्यवस्था
(१) दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समिति वा प्रदेश समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति अगावै आयोगले तोकेको अवधिभित्र आयोगलाई उपलब्ध गराउनु पर्नेछ र आयोगले त्यस्तो विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाईसक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको रीत नपुर्याई मनोनयनपत्र दाखिला भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सोदलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन ।
(२) उपदफा (१) बमोजिमको रीत नपुर्याई मनोनयनपत्र दाखिला भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सोदलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन ।