नियम
मन्त्रीबाट कामको फछ्यौंटं
(१) कार्य विभाजन नियमावली अनुसार सम्बन्धित मन्त्रालयको लागि तोकिएको कामको फर्छ्यौट सम्बन्धित मन्त्रीबाट हुनेछ र मन्त्रालयबाट सम्पादन हुने कामको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रीमा रहनेछ।

(२) प्रचलित कानून बमोजिम नेपाल सरकारको स्वीकृति वा सहमतिमा लागू हुने नियम, विनियम, आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड सम्बन्धमा निर्णय गर्ने अधिकार सम्बन्धित.मन्त्रीलाई हुनेछ।

(३) कार्यकारी पद वा पूरा समय काम गर्ने पद बाहेक प्रचलित कानून बमोजिम नेपाल सरकारले नियुक्त वा मनोनयन गर्नु पर्ने सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका प्राधिकरण, संस्थान, परिषद्‌, बोर्ड, समिति, कम्पनी, बैङ्क वा अन्य सङ्गठित संस्थाको पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयन गर्ने अधिकार सम्बन्धित मन्त्रीलाई हुनेछ।

(४) उपनियम (२) वा (३) मा उल्लेख भएका बाहेक सम्बन्धित मन्त्रालयको लागि तोकिएको अन्य काम यस नियमावली बमोजिम मन्त्री वा निजको निर्देशनमा नियम ५ बमोजिम फछ्यांट गरिनेछ । (५) यस नियम बमोजिम कामको फर्छ्यौट गर्दा अरु मन्त्रालयसँग परामर्श गर्ने र मन्त्रिपरिषद्मा पेश गर्ने विषयका हकमा यस नियमावलीमा व्यवस्था भए बमोजिम गर्नु पर्नेछ।

(६) उपनियम (३) बमोजिम : नियुक्ति वा मनोनयन गर्नु अघि वा आफ्नो मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा निर्णय गर्नु वा आदेश दिनु अघि सम्बन्धित मन्त्रीले प्रधानमन्त्रीसँग परामर्श गर्नु पर्नेछ।

(७) प्रचलित कानूनमा कुनै काम खास अधिकारीले फर्छ्यौट गर्ने भनी किटिएको रहेछ भने सो बमोजिम गर्न यस नियमको कुनै कुराले बाधा पुच्याउने छैन।