नियम
मर्मत सम्भार कोष
(१) उपभोक्ता संस्थाले सेवा शुल्क तथा अन्य आयको नब्बे प्रतिशतमा नघट्ने गरी सिंचाइ प्रणाली तथा संरचनाको मर्मत सम्भार कार्यको लागि छुट्टै कोष खडा गरी जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको रकम मध्ये कम्तीमा नब्बे प्रतिशत रकम नहर, शाखा नहर तथा प्रशाखा नहरको मर्मत सम्भारको लागि छुट्याउनु पर्नेछ ।