दफा १२ख
मस्तिष्कको पूर्ण क्षति भए नभएको अवस्था यकिन गर्नको लागि परीक्षण गर्न सक्ने
(१) चिकित्सकले कुनै विरामीमा देहायको अवस्था विद्यमान भएमा मात्र त्यस्ता विरामीको मस्तिष्कको पूर्ण क्षति भए वा नभएको अवस्था यकिन गर्नको लागि स्वास्थ्य परीक्षण गर्न सक्नेछ ः-
(क) अप्रत्यावर्तनीय क्षति भएको,
(ख) मस्तिष्क स्टेममा कुनै प्रतिक्रिया नभएको,
(ग) विरामीको शरीरमा प्राकृतिक रुपमाप स्वास प्रश्वास नभएको ।
(२) उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गर्नको लागि चिकित्सले विरामीको परिवारको कुनै सदस्यको लिखित सहमति लिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएका भए तापनि उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गरिनु पर्ने विरामीको परिवारको कुनै सदस्य उपलब्ध नभएमा वा वेवारिसे विरामीको हकमा चिकित्सकले सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुख र जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधिको रोहबरमा बिरामीको स्वास्थय परीक्षण
गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको स्वास्थ्य परीक्षण सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखबाटै गरिने भएमा सो स्वास्थ्य संस्थाका अन्य वरिष्ठ चिकित्सकलाई उपदफा (३) बमोजिम रोहवरमा राख्नु पर्नेछ ।
(५) चिकित्सकले उपदफा (१) बमोजिम गरेको स्वास्थ्य परीक्षणबाट विरामीको मस्तिष्कको अप्रत्यावर्तनीय क्षति भएको, मस्तिष्क स्टेममा प्रतिक्रिया नभएको तथा विरामीको शरीरमा प्राकृतिक रुपमा श्वास प्रश्वास भएको नदेखिएमा मस्तिष्क मृत्यु भएको सुनिश्चित गर्न त्यसरी स्वास्थ्य परीक्षण गरेको छ घण्टा पछि विरामीको पुन स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।