नियम
महानिर्देशकको काम, कर्तव्य र अधिकार

(१) नेपाल सरकारबाट स्वीकृत भएका कुराहरुको तथ्याङ्क संकलन, प्रशोधन, संग्रह एवं सांख्यकीय सुधार, विश्लेषण र प्रकाशन गर्ने, गराउने महानिर्देशकको काम, कर्तव्य र अधिकार हुनेछ ।

(२) उपनियम (१) मा लेखिएका कुराको सर्वसामान्यतामा कुनै प्रतिकुल प्रभाव नपर्ने गरी महानिर्देशकले खास गरेर देहायका काम गर्न, गराउन सक्नेछः–

(क) तथ्याङ्क सम्बन्धी विषयमा नेपाल सरकारलाई सल्लाह दिने,
ख) नेपालराज्य वा त्यसको कुनै भागमा आर्थिक, सामाजिक र जनसंख्या इत्यादि जुनसुकै कुराको तथ्याङ्क सर्वेक्षण गर्ने र सो सम्बन्धी वितरण संकलन गर्ने, गराउने,
(ग) तथ्याङ्क सम्बन्धी प्रतिवेदन तयार गर्ने,
(घ) राष्ट्रिय गणनाहरु (जनसंख्या, कृषि, उद्योग, व्यापार, यातायात र अरु आवश्यक सबै किसिमको गणना) लिने प्रबन्ध मिलाउने र तिनको संचालन गर्ने,
(ङ) तथ्याङ्क सम्बन्धमा अनुसन्धान गरी राष्ट्रिय तथ्याङ्ककोस्तर बढाउने र तत्सम्बन्धी आंकडा (डाटा) प्रकाशित गर्ने,
(च) राष्ट्रिय तथ्याङ्कमा सुधार ल्याउनको लागि आवश्यक कार्यक्रम तयार पार्ने,
(छ) स्थायी रहनु पर्ने तथ्याङ्कको लगत राख्ने,
(ज) तथ्याङ्क सम्बन्धी कुरालाई संकलन गरी त्यसको प्रकाशन गर्ने ,
(झ) तथ्याङ्क सम्बन्धी समाचार तथा प्रकाशनको आदान, प्रदान र प्रचार तथा प्रसार गर्ने ।