नियम १३
महान्यायाधिवक्ताको कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र्‌ अधिकार
यस नियमावलीको अधीनमा रही महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता र सहायक न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) महान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ताको कार्य सम्पादनमा सहयोग गर्ने,

(ख) ८ सर्वोच्च अदालत वा अन्य कुनै अड्डा अदालतमा नेपाल सरकारको हक, हित बा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट बहस पैरवी गर्ने,

(ग) _ विभागीय प्रमुखले तोके बमोजिम मुद्दा मामिला सम्बन्धी अन्य काम कारबाही गर्ने,

(घ) बिभागीय प्रमुखले तोकेको अन्य काम गर्ने ।