नियम १२
महान्यायाधिवक्ताको कार्यालयको अन्य सरकारी वकीलहरुको काम, कर्तव्य
  यो नियमावलीको अधीनमा रही महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता तथा जिल्लान्यायाधिवक्ताहरुको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) महान्यायाधिवक्ताको कार्य सम्पादनमा सहायता पु¥याउने,
(ख) सर्वोच्च अदालत वा अन्य कुनै अड्डा अदालतमा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दामा महान्यायाधिवक्ताले खटाएमा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट उपस्थित भई बहस पैरवी गर्ने,
(ग) महान्यायाधिवक्ताले वा सम्बन्धित विभागको प्रमुखले तोकिदिए अनुसार मुद्दा मामिला सम्बन्धी अन्य काम कारबाही गर्ने,
(घ) सम्बन्धित विभागको प्रमुखले गर्नु पर्ने काममध्ये महान्यायाधिवक्ता वा सम्बन्धित विभागको प्रमुखले तोकेको कुनै काम गर्ने ।