दफा
महाप्रबन्धक र सञ्चालकको अयोग्यता
: देहायका कुनै व्यक्ति महाप्रबन्धक वा सञ्चालक हुन सक्ने छैन :
(क) महाप्रबन्धक बाहेक निगमको कुनै कर्मचारी वा सल्लाहकार, वा
(ख) निगमबाट ठेक्का पट्टा लिएको व्यक्ति, वा
(ग) ऋण तिर्न नसकी टाट उल्टेको व्यक्ति, वा
(घ) बहुलाएको वा मानसिक सन्तुलन रहित व्यक्ति, वा
(ङ) नैतिक पतन देखिने फौजदारी कसूरमा कैदको सजाय पाएको व्यक्ति ।