नियम
महाशाखा प्रमुख तोक्न सक्ने
(१) इजलासबाट हेरिने मुद्दा व्यवस्थापनको लागि रजिष्ट्रारले अदालतको सहरजिष्ट्रारलाई महाशाखा प्रमुखको रुपमा तोक्न सक्नेछ ।
(२) आफ्नो महाशाखा अन्तर्गतका शाखा तथा फाँटहरुको काम कारबाहीलाई छिटो छरितो, स्तरीय र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्नु गराउनु
उपनियम (१) बमेजिम तोकिएको महाशाखा प्रमुखको कर्तव्य हुनेछ ।
(३) उपनियम (२) मा लेखिएका काम कर्तव्यका अतिरिक्त महाशाखा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) रजिष्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिएका कमहरु गर्ने, र
(ख) इजलासको काम सुचारु रुपले चलाउन रजिष्ट्रारलाई सल्लाह, सहयोग दिने ।