नियम
परिभाषा
  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(ख) “अदालत” भन्नाले सर्वोच्च अदालत सम्झनु पर्छ ।
(ग) “प्रधान न्यायाधीश” भन्नाले नेपालको प्रधान न्यायाधीश सम्झनु पर्छ र सो शब्दले कायम मुकायम प्रधान न्यायाधीशलाई समेत जनाउँछ ।
(घ) “न्यायाधीश” भन्नाले इजलासमा तोकिएको न्यायाधीश सम्झनु पर्छ र सो शब्दले प्रधान न्यायाधीशलाई समेत जनाउँछ ।
(ङ) “इजालास” भन्नाले संविधानको धारा १३७ को उपधारा (१) बमोजिम गठन भएको संवैधानिक इजलास समझनु पर्छ ।
(च) “रजिष्ट्रार” भन्नाले सर्वोच्च अदालतको रजिष्ट्रार सम्झनु पर्छ र सो शब्दले कायम मुकायम रजिष्ट्रारलाई समेत जनाउँछ ।
(छ) “अदालतको सहयोगी (एमिकस कयु री)” भन्नाले नियम १३ बमोजिम इजलासलाई सहयोग गर्ने व्यक्तिलाई सम्झनु पर्छ ।
(ज) “मुद्दा” भन्नाले इजलासको अधिकारक्षेत्रभित्र पर्ने निवेदन समेतलाई सम्झनु पर्छ ।
(झ) “लिखत” भन्नाले इजलासको अधिकारक्षेत्रभित्र पर्ने मुद्दासँग सम्बन्धित निवेदन र लिखित जवाफ समेतका लिखतलाई सम्झनु पर्छ ।