नियम ४२
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति
(१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण गर्नको लागि देहायका सदस्यहरु रहेको एक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति रहनेछः–
(क) मन्त्रालयको सचिव – अध्यक्ष
(ख) सह–सचिव, मन्त्रालय (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) –सदस्य
(ग) विभागको महानिर्देशक – सदस्य
(घ) निर्देशकहरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(ङ) परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय – सदस्य
(च) परीक्षा नियन्त्रक, उच्च माध्यमिक शिक्षा परिषद् – सदस्य
(छ) महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र – सदस्य
(ज) शिक्षाविद्हरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(झ) परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, मन्त्रालय – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(३) परीक्षा समितिले सम्बन्धित विषयका विशेषज्ञलाई परीक्षा समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(४) परीक्षा समितिको सचिवालयको काम परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।
(५) परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।