नियम २७
मापदण्ड तथा प्रत्यायन निर्देशनालयको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लखित काम, कर्तव्य र अधिकारको अतिरिक्त मापदण्ड तथा प्रत्यायन निर्देशनालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) शिक्षण संस्था स्थापना तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारको न्यूनतम मापदण्ड तयार गर्ने,

(ख) शिक्षकको योग्यता सम्बन्धी न्यूनतम मापदण्ड तयार गर्ने,

(ग) शिक्षण विधि र प्रविधि सम्बन्धी कार्य गर्ने, (घ) चिकित्सा शिक्षाको गुणस्तर मूल्याङ्कनको मापदण्ड तयार गर्ने,

(ङ) चिकित्सा शिक्षा सञ्चालन गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानका कार्यक्रमको प्रत्यायन सम्बन्धी कार्य गर्ने,

(च) चिकित्सा शिक्षा क्षेत्रका संस्था, पाठ्यक्रम, गुणस्तर लगायतको मापदण्ड तयार गर्ने,

(छ) विदेशमा अध्ययन तथा फेलोसिप लगायत चिकित्सा शिक्षाको उच्चस्तरीय तालीममा जान चाहने व्यक्तिलाई अनुमतिपत्र दिने,

(ज) आयोग वा समितिको निर्णय कार्यान्वयन गर्ने।