नियम ४८
मिलापत्र हुन सक्ने
: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम कर्जा असुली न्यायाधिकरणमा कारबाही तथा किनारा गर्न बाँकी रहेको कुनै मुद्दामा मिलापत्र गर्ने उद्देश्यले उजुरी निवेदनवाला र प्रतिवादी दुवैले आफूहरू मिल्ने व्यहोराको निवेदन कर्जा असुली न्यायाधिकरण समक्ष दिएमा सो निवेदनको व्यहोरा वादी प्रतिवादी दुवैलाई पढी बाँची सुनाई त्यसको मतलब र परिणामसमेत जानकारी गराउँदा दुवै पक्षले मञ्जुर गरेमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि. कर्जा असुली न्यायाधिकरणले मिलापत्र गराइदिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम क्रणीसँग मिलापत्र गर्दा दाबी: रकमको शुन्य दशमलव पाँच प्रतिशतले हुन आउने रकम मिलापत्र दस्तुरबापत आधा आधा गरी उजुरी निवेदनवाला र प्रतिवादी दुवैले कर्जा असुली न्यायाधिकरणमा बुझाउनु पर्नेछ तथा त्यसरी मिलापत्रबापत लाग्ने दस्तुर निजले नियम ४४ को उपनियम (२) बमोजिम अग्रिम रूपमा बुझाएको कर्जा असुली शुल्कबाट कट्टी गरी लिइनेछ ।