दफा १५
मुद्दा दायर गर्ने
: (१) दफा १४ बमोजिम दिएको सूचनाको म्यादभित्र कसूरदारले रकम तिर्न बुझाउन ल्याएमा रकम बुझिलिई निज उपरको कारबाही टुंग्याई तामेलीमा राखी दिनु पर्नेछ । रकम बुझाउन नल्याएमा अनुसन्धान अधिकृतले सो म्याद समाप्त भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्ने प्रयोजनको लागि अनुसन्धान अधिकारीले सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३१ बमोजिम गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दायर भएको मुद्दाको कारबाही र किनारा गर्दा जिल्ला अदालतले यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अन्य कुराको हकमा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।