नियम ११
मुद्दा दायर गर्ने
कुनै अभियुक्त उपर नियम ७ को उपनियम (२) वा (३) बमोजिम मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान तथा अभियोक्ता शाखा वा सो शाखाबाट तोकिएका प्राड अधिकृतले देहायका कुराहरू उल्लेख गरी अनुसूची–२ बमोजिमको ढाँचामा अभियोगपत्र
तयार गरी दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चीज वा वस्तु र थुनुवा भए थुनुवा सहित सम्बन्धित सैनिक अदालतमा मुद्दा दायर गर्नु पर्नेछः–
(क) अभियुक्तको पूरा नाम, थर, वतन, कम्प्युटर नं., दर्जा, युनिट
(ख) कसूर सम्बन्धी विवरण,
(ग) अभियुक्तको बयानको व्यहोरा,
(घ) जाहेरवाला वा पीडितको बयानको व्यहोरा,
(ङ) अभियुक्त उपर लगाइएको अभियोग र तत्सम्बन्धी प्रमाण,
(च) सम्बन्धित कानून,
(छ) अभियुक्तलाई हुनु पर्ने सजाय,
(ज) कसूरबाट क्षति पुगी क्षतिपूर्ति भराउनु पर्ने भए सो क्षतिपूर्तिको रकम,
(झ) अभियुक्तले पहिले पनि कुनै कसूरमा सजाय पाइसकेको कारणले बढी सजाय हुनु
पर्ने अवस्था रहेछ भने निजले पहिले सजाय पाएको मिति र सजाय गर्ने
निकायको नाम,
(ञ) मुद्दासँग सम्बन्धित अन्य आवश्यक कुराहरू ।