दफा ५७
मुद्दा परिणत गर्न सक्ने
:(१) सङ्गठित अपराध मानी दायर गरिएको कुनै मुद्दामा प्रमाण बुझ्दै जादा त्यस्तो मुद्दा यस ऐन बमोजिम कारबाही र किनारा हुनु पर्ने नदेखिएमा प्रचलित कानूनमा जुनसुकै व्यवस्था भए तापनि अदालतले त्यस्तो मुद्दालाई प्रचलित कानून बमोजिमको मुद्दामा परिणत गरी फैसला गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा परिणत गरी फैसला गरेकोमा सरकारी वकीललाई सत्तरी दिनको पुनरावेदनको म्याद दिनु पर्नेछ ।