दफा २१०
मुद्दा फैसला गर्ने अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने

(१) दफा २०९ मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा फैसला गर्ने अदालत मार्फत पनि पुनरावेदनपत्र दर्ता गर्नसकिनेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन दर्ता गर्न ल्याएमा त्यस्तो अदालतले दफा २०९ बमोजिमको कार्यविधि पूरा गरीपुनरावेदनपत्र दर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दर्ता भएको पुनरावेदनपत्र सम्बन्धित मिसिल संलग्न गरी तीन दिनभित्र पुनरावेदन सुन्नेअदालतमा पठाउनु पर्नेछ ।
(४) यस दफा बमोजिम पुनरावेदनपत्र दर्ता गराउने पुनरावेदकले तारिखमा बस्न चाहेमा सम्बन्धित पुनरावेदन सुन्नेअदालतमा हाजिर हुने गरी तारिख तोकी पठाउनु पर्नेछ ।