नियम ८
मुद्दा महाशाखा र फाँट
(१) इजलासको अधिकारक्षेत्रभित्र पर्ने मुद्दाको कामकारबाहीलाई व्यवस्थित र छिटो छरितो सम्पन्न गर्न अदालतमा छुट्टै मुद्दा महाशाखा स्थापना गरिनेछ ।
(२) उपनियम (१) बमोजिम स्थापना गरिएको महाशाखा अन्तर्गत आवश्यकता अनुसार मुद्दा दर्ता शाखा, मुद्दा शाखा र फाँट रहनेछन् ।
(२) उपनियम (१) बमोजिम स्थापना गरिएको महाशाखा अन्तर्गत आवश्यकता अनुसार मुद्दा दर्ता शाखा, मुद्दा शाखा र फाँट रहनेछन् ।