दफा ८२
मुद्दा मिलापत्र, डिसमिस वा खारेज भएमा गर्ने

(१) अदालती शुल्क पूरै बुझाई दर्ता भएको मुद्दामा मिलापत्र गर्दा मिलापत्र बापत शुरु तहको अदालतमा प्रमाण बुझ्नुअघिभए पच्चीस प्रतिशत र त्यसपछि जुनसुकै अवस्था र तहमा मिलापत्र गर्दा आधा अदालती शुल्क लिई बाँकी अदालती शुल्कबादी, पुनरावेदक वा सम्बन्धित पक्षलाई फिर्ता गर्नु पर्नेछ ।
(२) अदालती शुल्क पूरै वा केही पछि लिने गरी दर्ता भएको मुद्दामा मिलापत्र गर्दा अदालतले उपदफा (१) बमोजिमलाग्नेअदालती शुल्क बादी वा पुनरावेदकबाट लिएर मात्र मिलापत्र गर्नु पर्नेछ ।
(३) अदालती शुल्क पूरै बुझाई दर्ता भएको मुद्दा डिसमिस वा खारेज भएमा बादी वा पुनरावेदकलाई कुनै सजाय गरिने छैन।
(४) कुनै मुद्दा डिसमिस वा खारेज भएमा त्यस्तो मुद्दाका लागि बुझाएको अदालती शुल्क फिर्ता हुने छैन ।
(५) पूरै वा केही अदालती शुल्क पछि बुझाउने गरी दर्ता भएको मुद्दा डिसमिस वा खारेज भएमा बादी वा पुनरावेदकबाटबाँकीअदालती शुल्क असुल उपर गरिनेछ ।तर मुद्दा खारेज भएको हकमा फिरादपत्रको लेखाइबाटै दर्ता हुन नसक्ने फिरादपत्र दर्ता भएको देखिएमात्यस्तोमुद्दामा लिइएको अदालती शुल्क फिर्ता हुनेछ ।
(६) कानूनको रीत पुर्याई मिलापत्र, डिसमिस वा खारेज भएको मुद्दा पक्षको उजुरीबाट कुनै प्रकारले जागी पुनःकारबाहीहुने भएमा जसको उजुरीबाट मुद्दा पुनः कारबाही हुने भएको हो निजले मुद्दा रहेको अदालतमा यस परिच्छेद बमोजिमलाग्ने अदालती शुल्क पुनः दाखिल गर्नु पर्नेछ ।