दफा १११
मुद्दा सदर गराउँदा अपनाउनु पर्ने कार्यविधि
: दफा १०८, १०९ र ११० बमोजिमको मुद्दा सदर गराउने प्रयोजनका लागि मुद्दा फैसला गर्ने सैनिक अदालतले फैसला भएको मितिले सात दिनभित्र स्पष्ट आधार र कारण सहितको फैसलाको पूर्ण पाठ तयार गरी सदरको लागि सम्बन्धित मिसिल तीस दिनभित्र उपलब्ध गराउनु पर्नेछ । त्यसरी प्राप्त भएको मिसिलका हकमा फैसला सदर गर्ने निकाय वा अधिकारीले त्यस्तो मिसिल प्राप्त भएका मितिले बढीमा तीस दिनभित्र आफ्नो कारबाहीको टुंगो लगाउनु पर्नेछ ।