नियम २८
मुद्दा सम्बन्धित इजलासमा पेस गर्ने
(१) कुनै इजलाससमक्ष पेस भएको मुद्दा यस नियमावली बमोजिम अन्य इजलासबाट हेरिनु पर्ने भएमा सो इजलासले त्यसको कारण खुलाई सो मुद्दा नियमानुसार सम्बन्धित इजलासमा पेस गर्न आदेश दिनेछ ।
(२) कुनै इजलास समक्ष पेस भएको मुद्दामा आफूले हेर्न नमिल्ने भएमा त्यसको कारण खुलाई सम्बन्धित न्यायाधीशले सो मुद्दा आफू रहितको इजलासमा पेस गर्न आदेश दिनेछ ।