नियम २६
मुद्दा सम्बन्धी निवेदन सम्बन्धित इजलासले हेर्ने
  यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतमा दायर रहेको कुनै मुद्दासँग सम्बन्धित निवेदन वा सो निवेदनउपर प्राप्त प्रतिवेदन सम्बन्धित इजलासले नै हेर्नेछ ।