दफा ४०
मुद्दा हेर्ने अदालत
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी मुद्दाको कारबाही र किनारा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अदालतलाई र अन्य सङ्गठित अपराध सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।