दफा २१क
मुद्दा हेर्ने अधिकारी र पुनरावेदन
: (१) दफा ४ को खण्ड (क) सम्बन्धी कसूर बाहेक यस ऐनअन्तर्गतको अन्य कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको वा तोकेको अदालतलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अदालतले यस ऐन अन्तर्गतको मुद्दामा कारवाई र किनारा गर्दा विशेष अदालत ऐन, २०३१ बमोजिमको कार्यविधि तथा अधिकार प्रयोग गर्नेछ ।
(३) उपदफा (१) अन्तर्गतको अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने व्यक्तिले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।