दफा ६५
मुद्दा हेर्ने अधिकारी
(१) यस ऐन अन्तर्गत दश हजार रुपैयासम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने मुद्दा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको नेपाल वन सेवाको अधिकृतले कारबाही र किनारा गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारीले मुद्दाको कारबाही र किनारा गर्दा विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि र अधिकारको प्रयोग गर्नेछ ।
(३) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।