नियम २३
मुद्दा हेर्ने अधिकारी
(१) यस नियमावली अन्तर्गत कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक वा रेन्जरलाई हुनेछ ।
(क) नियम ४ बमोजिम प्रवेशपत्र नलिई आरक्षभित्र प्रवेश गरेमा,
(ख) नियम ६ को खण्ड (ग), (घ) वा (ङ) को बर्खिलाप कुनै काम कारबाही गरेमा,
(ग) नियम १० बमोजिम अनुमति नलिई माछा वा अन्य कुनै जलचर मारेमा,
(घ) नियम १२ को बर्खिलाप चिन्हपट, सूचना, विज्ञापन वा पोष्टरहरू टाँसेमा वा राखेमा,
(ङ) नियम १३ को बर्खिलाप बाजा बजाएमा,
(च) नियम १४ को बर्खिलाप फोहर मैला गरेमा वा फ्याँकेमा,
(छ) नियम १६ वा १७ को बर्खिलाप सवारी चलाएमा,
(ज) नियम १८ को बर्खिलाप आरक्षभित्र पसेमा, हिंडडुल गरेमा वा सवारी चलाएमा,
(झ) नियम १९ को बर्खिलाप काम कारबाही गरेमा ।