दफा ७
मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुक्ति हुने
(१) दफा ५ वा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (४) बमोजिम मुद्दा हेर्ने निकायबाट मेलमिलापको कार्यविधि पूरा गरी विवादको समाधान गर्न आदेश भएकोमा वा दफा ५ बमोजिम मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरु असमर्थ भएकोमा मेलमिलापकर्ताको नाम पेश गर्न मुद्दा हेर्ने निकायले निश्चित समयावधि तोकी सम्बन्धित पक्षलाई आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएकोमा सोही आदेशमा तोकिएको अवधिभित्र सम्बन्धित पक्षहरुले आपसी सहमतिबाट मेलमिलापकर्ताको नाम मुद्दा हेर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ र पक्षहरुबीच सहमति भई नाम पेश गरेको व्यक्तिलाई मुद्दा हेर्ने निकायले मेलमिलापकर्ता नियुक्त गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पक्षहरुले नाम पेश गर्न असमर्थ भएमा मेलमिलापकर्ता हुन योग्य व्यक्तिहरुमध्येबाट पक्षहरुको सहमति लिई मुद्दा हेर्ने निकायले उपयुक्त ठह¥याएको व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गर्नेछ ।