नियम १९
मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुुक्ति गर्र्नेे
(१) नियम १८ मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १३ बमोजिम मेलमिलापद्वारा विवाद समाधान गर्न अदालतबाट आदेश भएको मुद्दामा पक्षहरु मेलमिलापकर्ता नियुक्ति गर्न असमर्थ भएमा मुद्दा हेर्ने निकायले मेलमिलापकर्ताको सूचीमा रहेका मेलमिलापकर्ताहरुमध्येबाट उपयुक्त ठह¥याएको व्यक्तिलाई मेलमिलापकर्ता नियुक्ति गर्नेछ ।
(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ता नियुक्ति गर्ने सिलसिलामा मुद्दा हेर्ने निकायले कुनै मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई मेलमिलापकर्ता हुने व्यक्तिको नाम नियुक्तिको लागि सिफारिस गरी पठाउन अनुरोध गरेमा सो संस्थाले नियम १८ को उपनियम (४) वा (५)
बमोजिम उपयुक्त व्यक्तिको नाम सिफारिस गरी पठाउनु पर्नेछ ।