दफा ५६
मुद्दा हेर्ने र पुनरावेदन सुन्ने अधिकारी
: (१) यस ऐन बमोजिम कसूर ठहरिने मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ।
(२) उपदफा (१) बमोजिम जिल्ला अदालतले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।