दफा ३९
मुद्दाको अनुसन्धान र दायरी
: (१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको अनुसन्धान निरीक्षण अधिकृतले गर्नेछ । मुद्दाको अनुसन्धानको सिलसिलामा निरीक्षण अधिकृतले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट आवश्यक सहयोग लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुसन्धान सम्पन्न भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निरीक्षण अधिकृतले मुद्दा दायर गर्दा सरकारी वकिलको राय लिनु पर्नेछ ।
(४) यस ऐन बमोजिम निरीक्षण अधिकृतले दायर गरेको मुद्दाको प्रतिरक्षा सरकारी वकिलबाट हुनेछ ।