दफा ६०
मुद्दाको तहकिकात र दायरी
(१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कर्मचारीले गर्नेछ र मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।
(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा सरकारी वकीलको राय सल्लाह लिनु पर्नेछ ।