दफा २५
मुद्दाको दायरी
(१) यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी हुनेछ ।
(२) यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान सम्पन्न भएपछि अनुसन्धान अधिकृतले मुद्दा चल्ने वा नचल्ने निर्णयको लागि सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ र सरकारी वकीलबाट मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान अधिकृतले मुद्दा दायर गर्नु पर्नेछ ।