नियम १०१
मुद्दाको मिसिल संरक्षण
(१) मुख्य रजिस्ट्रारको लिखित आदेश बेगर कुनै पनि मुद्दाको मिसिल अदालतको भवनबाट हटाएर अन्यत्र लैजान हुँदैन ।
(२) सम्बन्धित अधिकारीको लिखित आदेश बेगर कुनै मिसिल वा लिखत, न्यायाधीश वा अधिकृत कर्मचारी बाहेक अरूलाई देखाउन हुँदैन ।