नियम १२
मुद्दाको सुनुवाई

(१) बाल अदालत वा बाल इजलासमा बालमैत्री वातावरणमा सुनुवाई गर्नु पर्नेछ ।
(२) बाल अदालत वा बाल इजलासले बालकले बुझ्ने एवं बालकको उमेर र निजको शारीरिक तथा मानसिक विकास सुहाउ“दो भाषा प्रयोग गर्नु पर्नेछ ।
(३) बाल अदालत वा बाल इजालसले सुनुवाई गर्दा आरोपित बालकलाई कसुरको प्रकृति र प्राप्त साक्षी प्रमाणका सम्बन्धमा जानकारी दिनु पर्नेछ ।
(४) बालकलाई सोधपुछ गर्दा बाल अदालत वा जिल्ला अदालतको छुट्टै कोठामा क्यामेरा जडान गरी बालकलाई सोही कोठामा सोधपुछ गरी त्यसरी सोधिएको कुरा इजलासको पर्दामा (स्क्रिन) देखिने व्यवस्था गर्न सकिनेछ ।
(५) उपनियम (४) बमोजिम सोधपुछ गर्न बाल मनोविज्ञानवेत्ता वा बालकस“ग सहज रुपमा सञ्चार वा सम्वाद गर्न सक्ने व्यक्ति बाल अदालत वा बाल इजलासले तोक्न सक्नेछ ।
(६) उपनियम (४) बमोजिम सोधपुछ गर्दा बालकसँगै निजको बाबु, आमा, संरक्षक वा कानून व्यवसायी बस्न सक्नेछन् ।