दफा १०
मूल ऐनको दफा १७ मा संशोधन
मूल ऐनको दफा १७ को,–
(१) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछ ः–
“(३) दफा ५ को उपदफा (१क) बमोजिम पदनाम पाएको र यस ऐन
बमोजिम स्तरवृद्धि वा तह मिलान भएको आधारमा पदनाम प्राप्त गरेकोढ
कर्मचारीलाई दफा ८ को उपदफा (१) बमोजिम समायोजन गरी पदस्थापन गरिनेछ ।”
(२) उपदफा (३) पछि देहायका उपदफा (४) र (५) थपिएका छन् ः–
“(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि चौथो
तहको लागि न्यूनतम शैक्षिक योग्यता वा तालीम प्राप्त गरेका कर्मचारीलाई मात्र सो तहमा पदस्थापना गरिनेछ ।
(५) पदस्थापना सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।