दफा १२
मूल ऐनको दफा २० मा संशोधन
मूल ऐनको दफा २० को सट्टा देहायको दफा २० राखिएकोछ ः–
“२०. सरुवा गर्ने र काजमा खटाउने अधिकार ः (१) सहायक तहको कर्मचारीको सरुवा
गर्ने र काज खटाउने अधिकार अख्तियारवालालाई हुनेछ ।
(२) अधिकृत तहको कर्मचारीको सरुवा गर्ने र काज खटाउने अधिकार
देहायको अधिकारीलाई हुनेछ ः–
(क) छैठौं र सातौं तहका कर्मचारीको हकमा सम्बन्धित
विभागीय महानिर्देशक वा महानिर्देशक पद नभएको
विभागमा निर्देशक,
(ख) आठौं, नवौं र दशौं तहका कर्मचारीको हकमा
मन्त्रालयको सचिव ।”