दफा
मूल ऐनको दफा ३मा संशोधनः

मूल ऐनको दफा ३को,–(१)उपदफा (२)पछि देहायको उपदफा (२क) थपिएको छः–

“(२क)यस ऐनको अधिनमा रही एक वा एकभन्दा बढीउद्देश्य प्राप्तिका लागि सरकारी कम्पनी संस्थापना गर्न सकिनेछ ।”(२)उपदफा (३)मादेहायको प्रतिबन्धात्मक वाक्यांशथपिएकोछः–“तर मुनाफा वितरण गर्ने कुनै कम्पनीले मुनाफा वितरण नगर्ने कम्पनी संस्थापना गर्न वा संस्थापकहुन सक्ने छैन ।”