दफा २३
मूल ऐनको दफा ३५ मा संशोधन

मूल ऐनको दफा ३५ को,– (१) उपदफा (१) पछि देहायको स्पष्टिकरण थपिएको छ :–
“स्पष्टिकरण :- यस दफाको प्रयोजनको लागि “लिखत” भन्नाले
डिजिटल वा विद्युतीय अभिलेखमा रहेका कुनै विषय वा त्यसको छापिएको वा
भण्डारण गरिएको अप्टिकल वा इलेक्टो–म्याग्नेटिक स्वरुपमा रहेको वा प्रकाशित
वा पुन प्रकाशित भएको डिजिटल वा विद्युतीय सामाग्री वा त्यस्ता सामाग्रीका
प्रतिलिपीलाई समेत जनाउँछ ।”

(२) उपदफा (३) मा रहेका “यस दफाका अन्य उपदफामा” भन्ने शब्दहरुका सट्टा
“यस दफामा” भन्ने शब्दहरु र “आदेश” भन्ने शब्द पछि “वा राखिएका
अभिलेख” भन्ने शब्दहरु थपिएका छन् ।