दफा २७
मूल ऐनको दफा ४७ मा संशोधन
मूल ऐनको दफा ४७ को,–
(१) उपदफा (१) मा रहेका “कम्पनीले जानकारी माग गरेमा” भन्ने शब्दहरुको सट्टा “त्यस्तो शेयरमा निजको हक प्राप्त भएको मितिले” भन्ने शब्दहरु राखिएकाछन्।
(२)उपदफा (२) मा रहेका “बमोजिम माग भएको”भन्ने शब्दहरुको सट्टा “बमोजिमको” भन्ने शब्द राखिएको छ र “जानकारी प्राप्तभएको मिति,” भन्ने शब्दहरु झिकिएकाछन्।
(३)उपदफा (२) पछि देहायको उपदफा (३) थपिएकोछः–“(३) उपदफा (१) मा लेखिएको कुराका अतिरिक्त कुनै संगठित संस्थाशेयरधनी भएकोमा त्यस्तो संस्थाकोशेयरमा स्वामित्व कायम रहनेप्राकृतिक व्यक्तिको पहिचान खुल्ने गरी त्यस्तो व्यक्तिको बारेमा उपदफा (१) बमोजिमको जानकारी समेत कम्पनीलाई उपलब्ध गराउनु पर्नेछ ।”