दफा
मूल ऐनको दफा ५ मा संशोधन

. मूल ऐनको दफा ५ को,–

(१) उपदफा (१) पछि देहायको उपदफा (१क) र (१ख) थपिएका छन् ः–
“(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको
योग्यता प्राप्त गर्ने तोकिएका सहायक तहका कर्मचारीलाई तोकिए बमोजिम पदनाम दिन सकिनेछ ।

(१ख) उपदफा (१) र (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपदफा प्रारम्भ भएपछि तेस्रो तहमा रहेका हेल्थ इन्स्पेक्सन समूह अन्र्तगतका
ग्रामीण स्वास्थ्य कार्यकर्ता र कम्यूनिटी नर्सिङ समूह अन्र्तगतका मातृ शिशु कार्यकर्तालाई चौथौ तहमा कायम गरी क्रमशः अक्जुलरी हेल्थ वर्कर्स (अ.हे.व) र
अक्जुलरी नर्स मिडवाइफ (अ.न.मी) को पदनाम दिइनेछ।”

(२) उपदफा (२) मा रहेका “नेपाल सरकारले” भन्ने शव्दहरुको सट्टा “मन्त्रालयले” भन्ने शव्द राखिएकोछ ।
(३) उपदफा (२) पछि देहायको उपदफा (३) थपिएकोछ ः–

“(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ग्रामीण स्वास्थ्य कार्यकर्ता र मातृशिशु कार्यकर्ताले हाल गरी आएको कार्य क्रमशः
अक्जुलरी हेल्थ वर्कस (अ.हे.व) र अक्जुलरी नर्स मिडवाइफ (अ.न.मी) ले गर्ने गरी मन्त्रालयले निजहरुको कार्य विवरण तयार गरी लागू गर्नेछ ।”